२० पुस २०८१, शनिबार

कथा समयको


समय
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कथा समयको । हामीमा समयको मुल्याङ्कन गर्ने क्षमता न्युन छ । समय परिस्थिति त्यसै आउने होइन यो त आफै हुने हो । आज नेपाली हरूको पिडा र देख्ने गरेका ती सपनाहरू नोबेल कोरोना भाइरसका कारण भताभुङ्ग भएका छन् ।

परिवार संग-संगै बस्ने रहर हुँदा-हुँदै बाध्यताबश विदेशमा दु:ख कष्ट सहेर बस्नुको पिडा कसले बुझिदिने यो सोच्नुपर्ने समय आएको छ । विदेशिने युवाहरू कति सफल भए होलान त कति दु:ख र पिडामा बाँच्नु परेको होला यसको व्याख्या गरी साध्य छैन ।

अप्ठ्यारा बाटाहरु पन्छाउँदै एउटा नवीनतम जीवनको सिर्जना गर्ने सपना मनमा टाँसे र हिडेका ति युवाहरू । आज नोबेल कोरोनाले नेपाल फर्कन चाहांन्छौं भन्दै सरकालाई गुहार गर्दैछन् । यसैलाई भन्दछन् समय । समय आउछ पर्खेर बसेको हुदैन ।

यो समयमा सरकारले आफ्ना ती प्यारा जनताको खोज तलास गर्नुपर्ने समय हो । तर खोजेको देखिएन । हिजो इनै युवाले पठाएको रेमिटेन्सबाट चलेको सरकार आज ती युवाहरूको पिडा बुझ्न सकेको देखिएको छैन् । यो दु:खद हो यो समय अब गुमाउदैछ सरकारले यसतर्फ ध्यान जानुपर्छ ।

यो देशका मेरूदण्ड भनेका युवा हुन् । आज युवाहरू अबहेलित भएका दृष्य हामी देख्न सक्छौं । समयले मानिसलाई यस्तो पिडा सहन बाध्य बनाएको छ । रोग आउछ जान्छ तर ती दु:ख र पिडा सधै मनमा भईरहन सक्छ । आज समयको मागलाई ध्यानमा राख्दै सानो सहयोग गर्न सकेको भए समयको सदुपयोग पक्कै हुने थियो ।

मैले यसो भन्नुको खास कारण हो आज सरकारले गन्तव्यसम्म पुग्न सरकारले गाडीको व्यवस्था मिलाउनुपर्ने थियो तर मिलाइएन यो दु:खद हो । पैसा उठेर पनि सहयोगको भावना नदेखिनु भनेको समय हो समय चिन्न सके सबैलाई फेरि समयले साथ दिने थियो ।

यो पनि पढनुहोस् 

के कलियुग शुरू भए‍र अन्त्य हुने अवस्थामा त छैन ?

इतिहास पल्टाउदा १९ अंकबारे यस्तो छ रोचक जानकारी

देशको विकास र सम्वृद्धिको लागि सरकारले ध्यान दिनुपर्ने १२ बुँदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !