बैशाखको गर्मी संग-संगै देशमा चुनाबी सरगर्मी पनि उत्तिकै बढ्न थालेको छ । गर्मी बढेतापनि धेरै जसोलाई रुखबाट शितलता प्रदान होला भन्नेमा शंका लागिराखेको अवस्था छ । रुखको जरामाथि नै धेरैले प्रश्न चिन्ह पनि उठाइरहेको अवस्था छ ।
यसो भन्दै गर्दा रुखको जरा नै परिवर्तन गर्न भने नखोजेको होइन तर धेरै टाढासम्म जेलिएको जरा उखाल्न निकै मिहेनत लाग्दो रहेछ । क्षणिक स्वार्थको लागी आफ्नो पुर्खा ले रोपेको रुखलाई हसिया बोकेको मान्छेलाई सुम्पिदा केहिबेर त रुख जोगाउला तर कुनै दिन धारिलो हसियाले पक्कै हाँगा-बिंगा छिप्काउने नै छन्, हुर्किसकेको रुखलाई पक्कै पनि बिषादीयुक्त मलको आवस्यक्ता पर्दैन, बिषादीयुक्त मलले केहिबेर रुख हरियो देखिएपनि अन्तत: रुखलाई सुकाएरै छाड्नेछ भन्नेमा रुख रोप्नेहरुलाई हेक्का नहुँदा धेरै ठुलो समूह रुष्ट देख्छु हिजोआज ।
अंग्रेजीमा एउटा उखान छ डायमन्ड कट्स डायमन्ड त्यसैअनुरुप धेरैजसो वैशाखको धुपमा शुद्ध सूर्यकै चर्को घाम खोजिरहेका छन्, बा कहिलेकाही सन्किनु सम्यन्य हो तर बाको अभिभावकत्व पाइएको खण्डमा छोराछोरीलाई कुनै दु:ख सहनु पर्दैन । छोरा-छोरीको भविष्यमाथि बा पक्कै जिम्मेवार हुनुहुन्छ भन्ने लागेर बाको अभिभावकत्व अहिले धेरैलाई खाँचो छ भन्ने जमात ठुलै देख्छु गाउँघरमा अहिले ।
शास्त्रमा छोरा छोरीलाई ऋण थुपारिदिने बालाई शत्रु समान हुन्छ भन्दै हामीलाई त इमान्दार लिङ्देल दाइको अभिभावकत्व चाहिएको छ भन्दै दाइको पछि लाउने लहर छ । आफ्नै उमेर आफ्नो जस्तै सोच भएको दाइको लिडरशिप कि पाको परिपक्क बाको लिडरशिपले बाजी मार्ने हो कि हसियाँ र कलम सहितको रुखले पो इतिहास रच्ने हो ? नतिजा को प्रतिक्षामा छु ।