२४ पुस २०८१, बुधबार

देश विगार्नुमा नेता मात्र नभई जनताको पनि दोष छ


नेपाली जनता

राजनीति दलले विकास गरेनन् भनेर दोष दिनु त्यति उपयुक्त होला जस्तो मलाई लाग्दैन किनकी व्यक्तिगत पैसा खर्च गरेर चुनाब लड्नु भनेको सेवाको लागि नभई व्यापार गर्न पठाइएको पक्का हो ।

देशको विकास होस् भन्ने हरेकको भावना देशप्रति जाग्छ भने मतदान केहि नखाई केहि नलिई दिन सक्नुपर्छ । तर देश हाक्ने कति इमान्दार छ भन्ने कुरा उसको पृष्ठभूमि बुझेर मात्र भोट हाल्ने गरेमा यसको फल दिगो बस्न सक्छ ।

यस्ता कुरातर्फ ध्यान नदिई काम गर्ने नेता मात्र दोषी नभई भोट दिने व्यक्ति दोषी ठहर्छ । देशको अवस्था हामीले हेर्दा दिन प्रतिदिन खस्कदो अवस्थामा पुग्नु भनेको फजुल खर्च र अनावश्यक सांसद र मन्त्री कोटा बढाउनुलाई पनि लिन सकिन्छ ।

३ करोड जनसंख्या भएको देशमा १०५ जना सांसदको संख्या भए पुग्छ तर यहाँ अनावश्यक बढी संख्या बढाउदै गर्दा राज्यको ढुकुटीमा ठूलो असर पुगेको विकासको बजेट समेत इनै कोटा पुरागर्दा खर्च भएको हुन सक्ने हाम्रो अनुभव छ ।

यस्ता विषयमा नेपाली जनताको ध्यान पुग्न नसक्नु भनेकै दुर्भाग्य हो भन्दा फरक पर्दैन । जनताले दुई तिहाइ मत दिदा समेत काम गर्न नसक्नु भनेकै दुर्भाग्य हो । जुनसुकै पार्टीलाई यो मत दिएपनि काम लाग्छ भन्न सकिदैन ।

अझ समय छ राम्रो काम गरेर देखाउन सके जनताले पत्याउछन् कि भन्न सकिन्छ । तर मैले नबुझेको सवैभन्दा ठूलो कुरा यो देशलाई अभिभावक आवस्यक छ । अब हामीले प्रधानमन्त्री जनताले चुन्ने र सांसद, मन्त्री बन्न नपाउने गरी देश सुहाउदो विकासतर्फ लागेर काम गर्न सके छोटो समयमा देशले फड्को मार्ने आशा गर्न सकिने छ ।

यसरी काम गर्ने व्यवस्था अब नेपालमा भइदिए देशको विकास हुन्छ की जस्तो लागेको छ । हिजो देशमा भएका सवै उद्योग समाप्त पारेर राजनीति दलले स्वार्थमा काम गर्दा देश परिवर्तन त भएन आर्थिक भार थपिदै गर्दा देश ओरालो भने लागेको देखिन थालेको छ ।

पहिले गरेका समझौताले देशको अवस्थामा के कस्तो सुधार भयो र अब गर्ने सम्झौताले के हुन सक्ला भन्ने कुरा बुझेर मात्र समझौता गर्ने काम गर्न सके बल्ल देशको उत्थान सम्भव छ । यसतर्फ सबैको ध्यान पुग्न जरूरी छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !