१४ बैशाख २०८१, शुक्रबार

मान्छे परिवर्तन हुन चाहन्छन् तर कसरी हुने परिवर्तन ?


डा. राम बहादुर बोहरा

आज हरेक मान्छे सन्तुष्ट छैनन् कोही पैसाका लागि कोही जीवन साथीका व्यवहारदेखि कोही देशको शाशन व्यवस्थामाथि कहि न कहि केहि न केही कमजोर देखिने गरेको हामी पाउछौं । यस्ता कमजोर पक्षतर्फ अधिकांशको ध्यान पुग्न सकेको छैन ।

स्वास्थ्यकै कुरा गरौं लामो समय उपचार गर्दा पनि निको नभएका रोग सामान्य उपचारबाट पनि निको हुने गरेको हामी पाउछौं । आज मान्छे यतिसम्म स्वार्थमा लिप्त हुदै गए जसको बखान गर्न सकिदैन। हामीले अरूको लागी र आफ्नो लागी समेत समय निकाल्न सकिरहेका छैनौ ।

हरेक मान्छे चाहे त्यो सानो होस् या ठूलो स्त्री होस् या पुरूष डिप्रेसनमा पुगेको हामी पाउछौं । यस्ता रोगीले बाँच्दासम्म औषधिको साहारामा बाँच्नु परेको हुन्छ । घटना एक जना महिला सुक्दै जानुभएको रहेछ । उहाँलाई हामीले उहाँको समस्याबारे जान्ने प्रयत्न गरौ ।

उहाँको श्रीमानले अत्यधिक रक्सी सेवन गर्ने बानी रहेछ । घरेलु औषधिको माध्यमबाट रक्सीको लतलाई हटाइएको हुनाले आज उहाँ सन्तुष्ट हुनु भएको हामीले पायौं । यो जस्ता अनेकौं समस्या हाम्रो समाजमा विद्यमान छन् । हामीले आफ्नो समस्या खोलेर कसैलाई भन्न सकि रहेका हुदैनौं ।

कसैको इच्छा आकांक्षा बुझ्न कसैलाई फुर्सद पनि नभएको हुनसक्छ । एउटा परिवारलाई चलाउन धन पैसाको कति आवश्यक हुन्छ ठिक यही अवस्था आज देशको छ । हरेक मान्छे स्वार्थमा डुब्दै गर्दाको परिणाम भनेकै यही हो । हामीले बचत गर्ने फिजुल खर्चबाट बच्न सके परिवर्तन तब मात्र सम्भव हुन सक्छ ।

काम जस्तोसुकै किन नहोस् त्यो कामप्रति वफादार रहेर गरेको काम दीर्घकालिन हुन जान्छ । हामीले गर्दै गरेको कामप्रति लापरबाही गर्न थाल्छौं त्यति बेला हामीलाई थुप्रै समस्या आइ लाग्न सक्छ । आज परिवर्तनको नाम जब्दैमा परिवर्तन सम्भव छैन यसका लागि हामीले परिवर्तन पहिले आफुबाट शुरु गर्न सक्नुपर्छ तब मात्र सार्थक हुन सक्नेछ ।

हामीले अरूले गरेको कामलाई देखेर काम गर्ने गर्छौं तर यो गलत हो । यस्तो कार्यले फाइदा होइन नोक्सान हुन सक्छ । हामीले यस्तो काम गरौं जसले समाजमा अलगै स्थान राख्न सकोस् । इमानदार मान्छे भोकले मर्दैन भन्ने कुरा हरेकले बुझ्न आवश्यक छ ।

हात थापेर कहिलेसम्म पुग्न सक्छ यो कुरा हामीले बुझ्न जरुरी छ । हामीले कसैलाई सहयोग गर्छौं भने त्यसको पछाडि केहि न केहि स्वार्थ छिपेको हुन सक्छ । सहयोग लिनुस् तर सहयोगको रकमलाई सहि ठाउमा प्रयोग गर्ने काममा जुटौ तब मात्र हाम्रो सोच सार्थक हुन सक्नेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !