१४ बैशाख २०८१, शुक्रबार

यस्तो रहेछ राजनीति दलहरु असफल हुनुको कारण


डा. राम बहादुर बोहरा

देश कमजोर हुदै गर्दा यसको प्रभाव जनतामा पर्नु स्वभाविक हो । देश कमजोर बनाउन लाग्ने नेतृत्व स्वार्थमा डुब्दै गर्दाको परिणाम भनेकै जनताले परिवर्तन चाहनुलाई लिन सकिन्छ । सानो देशमा संघियता आवस्यक थिएन सबैलाई सिट चाहिएको छ ।

देशको विकासमा भन्दा कुर्सी जोगाउन लागेका नेतृत्वको व्यवहारले गर्दा अब फेरि परिवर्तनको आधिबेरी आउन लागेको संकेत हामीले देख्न थालेका छौं । देशमा परिवर्तन हुन्छ भन्नेहरूनै निरास भइदिएको हुनाले नै शायद आज आउ राजा देश बचाउ भन्ने आवाज सुनिन थालेको छ ।

परिवर्तन समयको माग हो हिजो के भयो होइन अब के हुन्छ भन्नेतर्फ सवै केन्द्रित रहेर लाग्नुपर्ने समय आएको छ । देशको विकासमा राजनीति दल असफल भएको अनुभव गर्न सकिन्छ । कुनै पनि काम गर्दा हटि स्वभावमा जनताको भावनालाई कुल्चिएर नेतृत्व अघि बढ्न थाल्नु भनेकै असफल भएको देखिन्छ ।

नेतृत्वले निम्न बुँदामा ध्यान दिएर अघि बढ्न सकेको भए सायद यस्तो अवस्थासम्म देश पुग्ने थिएन । तर जे काम भए सवै गलत हुदै गए यसको प्रतिफल भनेकै असफल हुनु थियो ।

नेतृत्वले ध्यान दिन नसकेका केहि बुँदाहरु

१. पहिलो काम उद्योगतर्फ सबैको ध्यान पुग्न नसक्नु ।

२. बन्द उद्योग खोल्न र नयाँ उद्योगतर्फ नेतृत्वको ध्यान पुग्न नसक्नु ।

३. पैसालाई आयमुलक काममा लगाउन नसक्नु ।

४. सरकाले उद्योग लगाएर पब्लिकलाई जागिर दिने व्यवस्थातर्फ ध्यान दिन नसक्नु ।

५. सीमा सुरक्षा दिने काममा जुट्नु नसक्नु ।

६. देशलाई कृषिमय बनाएर कृषकको उत्पादनलाई सरकारले खरिद विक्रि व्यवस्था मिलाउन नसक्नु ।

७. परनिर्भरमा जनतालाई फसाउनु ।

८. हात थाप्ने चलनको अन्त गर्नुपर्नेमा जबर्जस्ती गर्न थाल्नु ।

९. खानी, जलस्रोततर्फ सरकारको ध्यान पुग्न नसक्नु ।

१०. फजुल खर्च र ऐयासी जीवनतर्फ केन्द्रित रहनु ।

११. जडिबुटीतर्फ ध्यान दिन नसक्नु ।

१२. गाजालाई फुकूवा गरेर देशको विकासमा लगाउन नसक्नु ।

नेतृत्वले चाहेको भए देश परिवर्तन हुने थियो आवश्यक काममा भन्दा बाहिरिकाममा ध्यान पुग्न जानाले असफल हुदै गएको अनुभव गर्न सकिन्छ । एक नगद ४ उधार भन्दा एक नगदले फाइदा दिएको हुन्छ । उधारो उठाउन कानुन शशक्त हुनुपर्छ ।

कानुनलाई राजनीतिको घेरामा नभई पृथक राखेर काम गर्नुपर्नेमा नगर्दा राजनीति दल असफल भएको हुनसक्छ । सवैभन्दा ठूलो कमजोरी युवालाई विदेशमा नभई स्वदेशमै काममा लगाउन सकेको भए देशको कायापलट निश्चित हुने थियो। अर्को महत्वपूर्ण कानुन समान हुनुपर्छ तर राजनीति दलले जस्तोसुकै काम गरे कानुन नलाग्ने तर सामान्य नागरिकलाई कानुन लाग्ने परिपाटी हटाउनु पर्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !