लोकतान्त्रिक शाशन व्यवस्थामा जनताको प्रत्यक्ष सासन देखिएको छ, यसलाई नकार्न सकिदैन । तर जनताको हित नै लोकतन्त्रको हित समझनु पर्छ तर यहाँ ठिक उल्टो परिपाटी देखिएको छ । यसले लोकतन्त्र नै धरापमा पर्ने संकेत देखिन थालेको छ । आज राष्ट्रप्रति बफादार कोही छैन यदि छन् भने पार्टीप्रति बफादार हुन सक्छन् ।
जबसम्म सामाजिक स्वार्थ भन्दा माथि उठेर व्यक्तिगत स्वार्थमा हामी काम गर्छौं भने यसको नतिजा ठिक नहुन सक्छ । हिजो राणाकालीन समयमा राणाहरूले नेपाली नागरिकका अधिकारलाई कुण्ठित गर्ने कार्य गरेका थिए । नागरिकलाई पढ्ने, लेख्ने र अरु मौलिक अधिकारको व्यवस्था थिएन ।
उनीहरू राणाहरूको अन्याय अत्याचारलाई सहन विवश थिए । नेपाली समाजले १०४ वर्षसम्म जहाँनिया राणा शासनको कालो कोठरीमा आफ्नो जिन्दगी विताउन परेको थियो । अशिक्षाले गर्दा नेपाली समाज पुरै अन्धकार भएको थियो । तसर्थ तत्कालीन समाजका व्यक्तिहरूले विभिन्न ढंगवाट राणा शासनको विरोध गरेर राणा सासन ढाले ।
२००७ सालमा प्रजातन्त्रको स्थापना भएको थियो । यस्तो प्रजातन्त्र आएपछि नेपाली नागरिकले पढ्न लेख्न पाउने, आफ्ना विचार व्यक्त गर्न पाउने अभिव्यक्ति स्वतन्त्रता पाए । विशेषत प्रचलित संविधानको अधिनमा रही आफ्नो ढंगले जीवन यापन गर्न पाउने स्वतन्त्रता उनीहरूले पाएका थिए ।
देशमा विकासका गति दिन प्रतिदिन बढ्दै थियो, यो छिमेकीलाई हजम भएन छ । राजदरबार हत्याकाण्ड भयो, विरेन्द्रको सवै परिवार मारिए ।
पूर्वराजा ज्ञानेन्द्रलाई राजगद्धिमा बसालियो तर राजा ज्ञानेन्द्रको राज गर्ने शैली ठिक नभएको भन्दै नेपालमा जनयुद्ध झन् मच्चिएको थियो । वैशाख ११ गते दल र राजावीच गोप्य सम्झौता भएको चर्चा बाहिर चलेपनि त्यो सम्झौता पत्र भने आजसम्म सार्वजनिक भएको छैन ।
बेला बखत पूर्वराजा ज्ञानेन्द्र शाह भन्नुहुन्छ त्यो सम्झौता पत्र सार्वजनिक गरिदिन्छु तर पनि गर्न भने सक्नु भएको छैन । अहिले नेपालमा लोकतन्त्र शाशन व्यवस्था आएपनि जनयुद्धका पालामा ध्वस्त पारिएका र नपारिएका सवै उद्योग बन्द गराइए । लोकतन्त्रको प्रारूप राजसंस्था जस्तै भएको देखिन्छ ।
राजसंस्था गएपनि जनताले राजसंस्था जस्तै अनुभुति गरेको देखियो । यहाँ विकास शुन्य छ । लोकतन्त्रमा लुटपाट भ्रष्टाचार बलात्कार दिन प्रतिदिन बढ्दै गयो । स्वार्थमा सवै डुब्न थालेको जनताले अनुभुती गर्न थाले कतै नेतृत्वको कारण लोकतन्त्र असफल त हुने होइन भन्ने खतरा बढ्न थालेको महसुस हुदैछ ।
हाम्रो पहिलो दायित्व बेरोजगार युवालाई बन्द उद्योग खोलेर जागिरको व्यवस्था मिलाउन सकेको भए युवा पलायन हुनबाट जोगिने थिए तर आज यसतर्फ कसैको ध्यान पुग्न सकेन यो सवैभन्दा ठूलो दुर्भाग्य हो ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।