१४ बैशाख २०८१, शुक्रबार

हामीले बुझ्नुपर्ने महत्वपूर्ण कुराहरु


डा. राम बहादुर बोहरा

कम्प्युटर खरिद गर्छौं भने हामीलाई एउटा कुराले सताएको हुन्छ त्यो हो कम्प्युटर भाइरस यो कुरा शायद भन्नुपर्ला जस्तो लाग्दैन । आज जसरी कम्प्युटर भाइरस जस्तै मानव भाइरस बनाएर लुट्ने काम भएको छ ।

कम्प्युटरमा भाइरस लाग्दा कम्पनीले एण्टिभाइरस बनाएर पठाएको हुन्छ । ठिक यसरी नै औषधि कम्पनीले पनि एण्टि भाइरस भ्याक्सिन बनाएर मान्छेका लागि पठाएको हुन्छ । तर मानवको लागि एण्टिभाइरस बनाएर पठाउन परीक्षण मानवद्वारा नै गरिएको हुन्छ ।

विश्वका गरीव देशहरूमा समृद्धशाली देशले यस्ता औषधि र भ्याक्सिनको परिक्षण गर्ने स्थलको रूपमा चुनेको हुन्छ । आज हाम्रो देशमा कसैले फ्रिमा दश माना चुक खा भने खानेहरूको कुनै कमी छैन ।

आफ्ना सोझा-साझा जनतालाई बलीको बोको बनाएर प्रयोग गर्न दिने चलनको आविष्कार नेपाल भएको छ । यस्ता विषयमा हामीले स्वास्थ्यलाई खराब हुने काम सकेसम्म गर्नु राम्रो होइन । आज हाम्रो भान्सामा यस्ता भाइरस हटाउने औषधि भएकाले नै नेपाली सुरक्षित छन् भन्दा आफुलाई धेरै आनन्द महसुस हुने गरेको छ ।

नेपालमा भएका परम्परादेखि प्रयोगमा आएका जडिबुटी हामीले आँखा चिम्म गरेर सेवन गर्न सक्छौ । तर यस्ता औषधि जडिबुटीमाथि हाम्रो ध्यान पुग्न सकि रहेको छैन । अनुसन्धान गर्नुपर्छ भनेपनि कुनै प्रकारको नोक्सान नहुने यस्ता जडिबुटीमाथि अनुसन्धान गरौं ताकी यसले सवै नेपालीको कल्याण हुन सकोस् ।

भाइरसको एण्टि औषधि केवल जडिबुटीमा सम्भव छ भन्ने कुरा मलाई लागेको छ । जडिबुटीको माध्यमबाट बनेका औषधिलाई हरेक अनुभवी व्यक्तिलाई चलाउन दिन सके यसको प्रत्यक्ष फाइदा कमजोर पक्षलाई हुने देखिन्छ ।

यहाँ एउटा अनुभव लेख्न मन लाग्यो ज्वरोको अनेकौं एण्टिबायोटिक औषधि दिदा समेत ज्वरो बसेको थिएन ज्वरो १०४ भन्दा कम हुन सकेको थिएन । बिरामीको अवस्था निकै कमजोर हुदै गएको थियो यस्ता विरामीको उपचार गर्ने अवसर हामीले पाएका थियौं ।

रसादि औषधि दिएको ४ घण्टा नविद्दै बिरामीको ज्वरो उत्रन थाल्यो यो देख्दा हामीलाई पनि आश्चर्य महसुस भयो यो उपचार परम्परा चिकित्सामा आधारित थियो । यस्ता औषधि सेवन गराउन सके कौडीको मुल्यमा रोग निको बनाउन सकिने छ ।

रोगको वास्तविक कारण र लक्षणको आधारमा हामीले लाखौं विरामी निको बनाउन सफल भएका थियौं । समय परिवर्तनसंगै यस्ता औषधि लोपोन्मुख हुन थाले यसको प्रमुख कारण भनेको यस्ता उपचारलाई गलत भन्दै आधुबिल उपचारतर्फ ढाल्नु । उपचार रोगको हुन्छ लक्षणको हुदैन भन्ने जमात बढ्नुले आज मान्छे रोगको दलदलमा फस्दै गएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !