४ बैशाख २०८१, मंगलबार

हाम्रो जीवन पनि एउटा गाडी जस्तै हो पछाडि फर्केर हेर्ने कोशिश कदापि नगर्नुस्


डा. राम बहादुर बोहरा

यदि तपाईं अगाडि पछाडि हेर्दै गाडी चलाउने गर्नु हुन्छ वा अगाडि मात्र हेरेर गाडी चलाउनु हुन्छ ? तपाईको उत्तर शायद अगाडि हुन सक्छ । यदि तपाईं गाडी चालक हुनुहुन्छ हजुरको सानो लापरबाहीका कारण आफ्नो वा अरूको ज्यान जान सक्छ । त्यसैले गाडी चलाउदा हमेसा अगाडि हेरेर चलाउने गर्नुस् ।

कहिलेकाही साइड दिनुपर्ने अवस्था आयमा मिरर हेरेर साइड दिनुस् तर झ्यालबाट पछाडि झाक्ने प्रयत्न नगर्नुस् दुर्घटना घट्न सक्छ । हाम्रो जीवन पनि एउटा गाडी जस्तै हो पछाडि फर्केर हेर्ने कोशिश कदापि नगर्नुस् हमेसा अगाडि हेरेर चल्ने गर्नुस् यसले तपाइलाई धेरै अगाडि पुर्याउन सक्नेछ ।

आज हरेक व्यक्ति चाहे सरकार नै किन नहोस् पछाडि फर्केर हेर्ने चलनका कारणनै पछाडि पर्दैछ । हामीले भुतकाल होइन भविष्य हेरेर अघि बढ्ने काममा निरंतर्ता दिदै गर्नु नै सफलता हो यस्मा दुईमत छैन ।

सपना देख्दा सानो देख्ने बानी त्याग्नुस् यो मेरो निजी अनुभव हो । म जीवनमा मेरो दादाको कारमा बस्दा १५ बर्षको थिए मैले त्यो दिनदेखि आफ्नो कारमा चढ्ने नत्र कसैको गाडिमा नचढ्ने सोच गरे र जति सक्दो मेहनत गरे आज म आफ्नै गाडीमा चढेको छु ।

जीवन सफल होस् भन्ने चाहना भए सपना देख्ने बानी गर्नुस् पुग्ने नपुग्ने तपाईको परिश्रमले देखाउदछ । अरूको भरोसामा हिड्ने मान्छे हमेसा पछाडि परेको हुन्छ । जसले अगाडि बढ्नेलाई छेक्छ उसले उसको भविष्यमाथि खेलवाड गरेको हुन्छ ।

जीवनमा सफल हुन चाहना कसलाई नहोला तर नजान्दा मान्छे पछि पर्दै गएको देखिन्छ । आज प्राय: घरका एक दुई जनामा डिप्रेसन देखिएको छ । यसको ठोस कारण हो संस्कारको अभाव हामीले काम गर्दा हरेक कुरा बुझेर मात्र गर्ने प्रमप्राको विकास गर्न सक्नुपर्छ ।

बचत यस्तो चाबी हो जसले मानिसको हरेक चाहना पुरा गराउन सक्छ । तर हामीले बचत गर्ने बानीको विकास सिस्टम नजान्दा पछि पर्दै गयौं यही दुर्भाग्य हो भन्दा खासै फरक छैन । हाम्रो हरेक सोचलाई परिवर्तन गर्न सिस्टम चाहिन्छ । आज देशमा सिस्टम नहुँदा मगन्ते देश हुदै गएको कुरा सायद सर्बवितितै छ ।

राजाले गरेका उपलब्धिलाई हामीले सहि ढंगबाट प्रयोग गर्दै अघि बढ्न सकेको भए शायद यस्तो अवस्थामा देश पुग्ने थिएन तर चन्द गलत व्यक्तिको हातमा देश पुग्नाले देशको विकास ओरालो लाग्दै गयो यो नै ठूलो दुर्भाग्य हो । हामीले अघि होइन पछाडितर्फ लाग्दै गयौं यसले व्यक्ति विकास त भयो तर देशको ढुकुटी समाप्त हुदै गयो यसले गर्दा आज विदेशीको सामु नाङ्गीन पुगेउ यो भन्दा ठूलो दुर्भाग्य के हुन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !