१४ बैशाख २०८१, शुक्रबार

म भारद्वाज ऋषिको सन्तान


डा. राम बहादुर बोहरा

भारद्वाज हिन्दुहरूका महान ऋषि थिए भन्ने कुरा आयुर्वेदको प्रसिद्ध ग्रन्थ चरक संहितामा आयुर्वेदको पृथ्वीमा आवरण गराउने व्यक्तिको रूपमा ऋषि भारद्वाजको वर्णन गरिएको पाइन्छ ।

महर्षि भारद्वाज को बुद्धिवैभव देखेर भगवान इन्द्रले उहाँलाई आयुर्वेदको उपदेश दिनु भयको थियो। यसरि भगवान इन्द्रको माध्यम बाट आयुर्वेदको अध्ययन गर्नुभयो ।

एकपटक मानिसहरूमा रोगहरु बढेर दुःख भएकोमा त्यसको समाधान गर्ने उपायको लागि स्वर्गका राजा इन्द्रको शरणमा जाने निर्णय गरियको थियो । उक्त निर्णयमा भारद्वाज ऋषिको छनोट भयो यो नै उनको चाहना थियो ।

भारद्वाज ऋषिले इन्द्रको सामीप्यमा रहेर आयुर्वेदको ग्यान लिएर मानव सेवामा जुट्नु भएको थियो । हामी एस्ता ऋषिका सन्तान रहेछौं भन्दा सारै मन खुसीले गदगद भयो बास्तबमा हाम्रो पुर्खादेखि नै जडिबुटीको ज्ञान रहेको पाइन्छ ।

इतिहास पल्टाउदा हामी जन्मजात वैद्य भएको रहस्य खुलेको पाइन्छ । ज्ञान यस्तो बस्तु हो जुन जति बाड्यो त्यति नै बढ्दै जाने हुन्छ । हाम्रा पुर्खाहरूले सिकाएको मार्ग अनुसार हामीले जनतामा जडिबुटीको ज्ञान हुन आवश्यक छ भन्ने महसुस गरेका थियौं ।

ज्ञान दिने र लिने भए यस्को अर्थ ठूलो हुन सक्छ । आजकाल राम्रो वस्तुमा भन्दा नराम्रो बस्तुतर्फ मानिस आकर्षण भएको पाइन्छ । प्रकृतिको उपहारलाई प्रयोग गर्न नजान्दा मानिस रोगको दलदलमा फस्दै गएको एक अध्ययनले देखाएको छ ।

जन्मभूमि र कर्मभूमिमा हामीले पाइला टेग्दा मानव सेवा गर्ने बाचा लिएर हाम्रो जन्म भएको हुन्छ तर हामी जन्मनासाथ सवै भुलेर संसारिक मायाजालमा फसेका हुन्छौं । हामी केवल स्वार्थलाई हेर्ने गरेका हुन्छौं ।

प्रकृतिले जन्म दिनुको साथै रोगबाट बच्न थुप्रै जडिबुटी हामीलाई दिएको हुन्छ । तर हामीले जान्दा जान्दै पनि हाम्रो ध्यान त्यसतर्फ पुग्न सकेको छैन । हामीलाई स्वास्थ्य भन्दा धनको मायाले जकडेको छ । हामीसंग आफ्नो उपचार गर्ने फुर्सद समेत छैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !