१४ बैशाख २०८१, शुक्रबार

केही गरे के हुदैन


डा. राम बहादुर बोहरा

काठमाडौँ, कार्तिक २५ । आवश्यकता समयको माग हो जब मान्छेले पाउन चाहेको सामाग्री सहज तरिकाले लिन थाल्छ तब उसले इच्छाएको बस्तु स्वत: प्राप्त गर्न सक्छ ।

उदाहरणको लागि उसँग पैसा छैन तर उ लामो यात्रा गर्न चाहेको हुन्छ यदि हामीले उसको आवश्यकता पैसा हो भनेर बुझ्छौँ र उसको आवश्यकतालाई परिपूर्ति गर्छौ भने उसले चाहेको पुरा हुन सक्छ ।

आज युवा रहरले विदेश पुगेको हुदैन उसको आवश्यकता पैसा हो यदि पैसा यही उसले त्यति नै मेहनत गरेर यहाँ पाउछ भने पक्का उ विदेश जान चाहदैन् । शिक्षा त्यस्तो लिनुहोस् जसले तपाईं जहाँ गएपनि त्यसको मुल्यांकन होस् ।

युवा नेतृत्वको पछि लाग्नु भनेको अवसरको तलासमा रहनु हो तर यो समय आउन धेरै कठिन छ । एक पटक एक जना इन्जिनियर विदेश जागिर गर्न पुगेछ तर त्यहाँ उसलाई कम्पनीको चौकिदारमा राखिदिएछन् ।

समय बित्दै जाँदा उसको मनमा मैंले पढेको कुनै अर्थ रहेन भनेर सोच्दै गएछ । उसको अन्तर हृदयमा साहस गर त सफल हुन्छस् भन्ने आवाज आएपछि उसले एउटा योजना बनाएर अघि बढ्ने सोच गरेर उ सधै झै कम्पनीमा पुगेछ । तर आज उ अलि चाँडो पुगेर उसले मेसिन विगार दिएछ ।

त्यसपछि उसले कसैले पत्ता नलगाउने तरिकाबाट मेसिन बिगार्दै जाँदा साहुले मलाई धेरै घाटा लाग्यो भनेर भन्दा साहुजी तपाईं हरेस नखानुहोस् म छु मलाई पार्टनर बनाउहोस् म कम्पनी चलाई दिन्छु भनेपछी चतुर इन्जिनियरले भोलिपल्ट साहुसँग कागजपत्र तयार गरेपछि उसले मेसिन स्टाट गरेछ ।

यसरी उसले एक पैसा नलगाई कम्पनीको मालिक बन्न पुगेछ । हाम्रा युवाहरू डिग्री गरेर विदेशमा चौकिदार या होटलको भाडा माझ्न व्यस्त छन् तर पढेको शिक्षालाई प्रयोग गर्न जानी रहेका छैनन् । एउटा अनपढले लाखौं कमाएको छ तर उ भने पढेर पनि झोला बोक्दैमा जीवन बर्बाद गर्दै हिडेको देखिन्छ ।

आज हरेक नेपाली अन्तर्राष्ट्रिय शिक्षामा अल्झिएर बसेको छ । देश सुहाउदो शिक्षा हुन आवश्यक छ । तर यस्तो शिक्षा प्राप्त गर्न गराउनतर्फ कोही लागेको देखिदैन् । नेपालीलाई बिकसित राष्ट्रले लगेर देश बनाई रहेका छन् । नेपाली भने श्रम बेच्न बाध्य छन् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !