१४ बैशाख २०८१, शुक्रबार

राजतन्त्रको पालामा बनेको गौरव महेन्द्र राजमार्ग : गणतन्त्रमा जीर्ण अवस्थामा


पूर्व-पश्चिम महेन्द्र राजमार्ग
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

राजा महेन्द्रले पूर्व-पश्चिम राजमार्ग नबनाई दिएको भए सायद आज गार्हो हुने थियो । आज लोकतन्त्र आएदेखि जनताले पैसा उठाएर बनाएका भित्री बाटो मात्र देखिन्छ । राजा महेन्द्रको योगदानलाई नजर अन्दाज गरिएको छ ।

राजसंस्थाका पालाको सबैभन्दा ठूलो उपलब्धि भनेको पूर्व-पश्चिम राजमार्ग देखिन्छ । अहिले मर्मत सम्भारसम्म हुन सकेको छैन । जनतालाई सास्ती भएको देखिन्छ ।

पूर्वमा मेचीदेखि पश्चिम कञ्चनपुरसम्म पुग्ने यो राजमार्गको लम्बाई १०२७.६७ कि.मी. रहेको छ । वि.सं. २०१८ साल मसिँर ३ गते पोखरामा बाँध उद्घाटनका अवसरमा राजा महेन्द्रबाट पूर्व-पश्चिम राजमार्ग निर्माण गर्ने घोषणा भएको थियो ।

महेन्द्र राजमार्ग भनिने यो राजमार्गले नछुने तराईको जिल्ला पर्सा हो भने यसले छुने पहाडका जिल्ला मकवानपुर र अर्घाखाँची हुन् । यो राजमार्गले २१ जिल्ला छुन्छ ।

महेन्द्र राजमार्गको सबैभन्दा होचो भाग सुनसरीको इटहरी (७१ मिटर) मा पर्छ भने सबैभन्दा अग्लो भाग बाँकेको पुस्मा (९५० मिटर) मा पर्छ ।

महेन्द्र राजमार्गले सबैभन्दा कम छुने जिल्ला अर्घाखाँची र सबैभन्दा बढि छुने जिल्ला नवलपरासी देखिएको छ । महेन्द्र राजमार्गको निर्माणमा सहयोग गर्ने विभिन्न राष्ट्र तथा संस्थाहरुको नाम यस प्रकार छ।

भारत, रुस, एसियाली बिकास बैंक, बेलायत आदि देखिएका छन् । हिजो पनि अन्तर्राष्ट्रिय सहयोग नलिएको होइन तर दिएको सहयोगमा सवै काम भएका छन् तर अहिले सहयोगमा दिएका सवै कामहरु अधुरो अवस्थामा देखिन्छन् ।

हामीले अरूको उपलब्धिलाई आत्मासाथ गर्दै थप उपलब्धिका साथ अघि बढ्न सक्नुपर्छ । तर नहामीले केही गर्छौ न अरूको उपलब्धिलाई मान्छे भने जनतामा यसको उल्टो अर्थ लाग्न सक्छ ।

१७ हजारको बलिदानले प्राप्त लोकतन्त्र आज अर्थहीन देखिएको छ । स्वार्थमा र राजा बन्ने होडमा सवै भताभुङ्ग देखिन्छ । जनताले परिवर्तन चाहेका थिए तर परिवर्तनको नाममा लोकतन्त्र नै समाप्त हुने त होइन भन्ने खतरा बढ्दैछ ।

हिजोसम्म नारा लगाउन नसक्ने जनता आज आउ राजा देश बचाउ भन्दै सडक तात्दैछ । यस्तो हुनुमा काम गर्नेतर्फ भन्दा स्वार्थमा बढी डुब्नाले जनता फेरि अर्को आन्दोलनतर्फ लाग्ने संकेत देखिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !