१५ पुस २०८१, सोमबार

अब हामी हुनुपर्छ परिवर्तन


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

काठमाडौँ, कार्तिक ११ । सन २००२ देखि विश्वमा कोरोना भाइरस सार्सको नामले विद्यमान थियो । पछि यसैको परिवर्तन नाम कोभिड-१९ रहेको थियो । नोवेल कोरोना भाइरस नयाँ नभई यो पुरानै भाइरसको नयाँ नामाकरण कोभिड-१९ रहन गयो ।

नेपालका अधिकांश व्यक्तिहरूमा कोरोना छ । कोरोनाको कारण मान्छे मर्दैन तर उपचार नपाए या खान नपाएर मान्छे मर्ने सम्भावना बढेर गएको छ । मान्छे मर्ने कुरा हिजो पनि मर्थे आज पनि मर्दैछन् ।

हामीले बुझ्नुपर्ने महत्वपूर्ण कुरा यो छ कि अहिले पहिले जस्तै मान्छे मर्ने संख्या कम छ । हामीले अनुसन्धान गर्नुपर्ने समय आएको छ । मान्छे मर्नुमा लापरबाही बढी देखिएको छ ।

जहाँ स्वास्थ्यमा लापरबाही हुन्छ त्यहाँ जोखिम बढेको हुन्छ । आज नोबेल कोरोनाले महत्वपूर्ण पाठ सिकाएको छ । हुनत हिन्दू धर्मले हातमुख नधोई केही नखाने खाना हमेसा जमिनमा बसेर खाने मान्ने जनलाई दुई हात जोडेर नमस्कार भन्ने जस्ता सिस्टाचार सिकाएको थियो तर पश्चिमाहरुको नक्कल गर्दा आज सवै समाप्त भयो ।

अहिले आएर पश्चिमाहरुको सोचमा पनि परिवर्तन भयो हात मिलाउनु स्वास्थ्यका लागि उपयुक्त छैन भन्ने सन्देश र जे छ आफै बनाएर खादा सुरक्षित हुन्छ भन्ने सन्देश कोरोनाले देखाइदिदा हाल मान्छे मर्नेको संख्या ह्वात्तै घटेको छ ।

हिन्दू धर्ममा खाना खानुअघि नुहाउन पर्थ्यो र भान्सामा जुता चप्पल नलगाई प्रवेश गर्नुपर्थ्यो तर अहिले आधुनिक युगमा चमचले खाने हात नधुने, खाना ननुहाई खाने, अंकमाल गर्ने, जमिनमा बसेर नखाने, मासु काचै खाने जस्ता कामले गर्दा मान्छे रोगको दलदलमा फस्दै गएका थिए ।

आज हिन्दू धर्मले सिकायको पाठ हरेकले गर्न थालेका छन् । धर्मले कहिल्यै मानवको अहित होस् भनेको हुदैन तर अहित हुने काम सवै यही मानवले गरेको देखिन्छ । अर्को कुरा हामी पशु भन्दा पनि अझ गए-गुजरेका हुदैछौं । स्वास्थ्यलाई नजर अन्दाज गर्दैछौं ।

अब हामी परिवर्तन हुनुपर्छ अरूले पकाएको खाना होइन आफ्नो भान्सामा जे पाक्छ त्यही खाने बानी बसाल्ने गर्नुपर्ने समय आएको छ । हाम्रो सानो प्रयासले घरमा खुसियाली आउन सक्छ । नोबेल कोरोनालाई समेत पराजित गर्न सक्नेछौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !