५ जेष्ठ २०८१, शनिबार

धर्म संस्कृति भनेको के हो ?


धर्म_ॐ
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

धर्म संस्कृति नेपालमा समाप्त हुदैछ । आफ्नो धर्मलाई समाप्त पार्दै परधर्म अगाल्दै छौं । धर्म संस्कृति जस्तै आफ्नो सन्तान आफुलाई प्यारो भएको हुन्छ । धर्म संस्कृतिलाई बचाउन नेपालमा हिन्दू धर्मको आवश्यक छ । विश्वले हिन्दू धर्मको नामले नेपाललाई चिन्ने गरेको पाइन्छ ।

प्रत्येक नागरिकले हिन्दू धर्मलाई मान्नुपर्छ । हिन्दू धर्ममा सवै जातजाति अटाएका थिए । देशको विकासमा आफ्नो मौलिक धर्म आवश्यक छ। विदेशमा जाँदा हामीलाई कुन धर्म मान्नु हुन्छ भनेर सोधिएको हुन्छ ।

आफ्नो धर्म संस्कृति समाप्त पार्नेहरूले देशै समाप्त नपार्लान भन्ने छैन । देशको माया हुनलाई सवैभन्दा पहिलो धर्म संस्कृतिलाई बलियो बनाउन सक्नुपर्छ र मात्र अन्तर्राष्ट्रियको आँखा नलाग्न सक्छ । भारतीयहरू हिन्दू भन्दा आफुलाई गर्ब महसुस गरेका हुन्छन जबकी विश्वमा हिन्दू राष्ट्र भनेको नेपाल मात्र हो।

धर्म मान्ने मान्छे हमेसा इमान्दार हुन्छ । नेपालमा बास्तबिक धर्मको अर्थ नबुझ्धा मानिसहरू परधर्ममा बढी आकर्षित भएका छन् । यो धर्म संस्कृति नभई लोभमा फसेका छन् । धर्म संस्कृतिले सिङ्गो नेपालीको रक्षा गरेको हुन्छ ।

धर्म भनेको कुनै पनि वस्तुको कहिल्यै नफेरिने विशेषता हो उसको आफ्नै स्वभाव विद्यमान रहेको हुन्छ । हरेक वस्तुको गुण हुन्छ जस्तै आगोको गुण धर्म भनेको तातो हुनु हो । पृथ्वीको गुर्ण धर्म बीउ उम्रिनु भने जस्तै मनिसको धर्म मानवता हो ।

त्यसलाई मानवीय सद्गुण पनि भनिन्छ । मानवका लागि धर्म उसको आफ्नो परिचय हो, अस्तित्व हो र स्वाभिमान पनि हो । धर्म नहुँदा मानव मानव हुँदैन, दानव हुन जान्छ । मानव मानव नै हुन धर्म चाहिन्छ ।

वैदिक सनातन धर्मलाई नै अचेल हिन्दु धर्म भनिन्छ । वेदमा सनातन धर्मलाई हिन्दु धर्म भन्नुमा यी ३ कारणहरू प्रमुख छन् :

१. हिंसाबाट टाढा रहने, पाप गर्नु हुदैन भन्ने विचार भएको हुनाले हिन्दु भनिएको हो ।

२. हीन आचरण र हीन विचारलाई दोष दिने भएकोले हिन्दु भनिएको हो ।

३. कठोर साधनाबाट शरीरका र मनका दोषलाई हिंसित (नष्ट) गर्ने भएकाले हिन्दु भनिएको हो ।

आज नेपालमा धर्म माथि सिधा प्रहार हुनाले नै हिन्सा बढेर गएको छ । जति पाप गरेपनी हुन्छ भन्ने समस्कार सिकाइएको छ । यसले देश होनै समाप्त हुने खतरा बढेर गएको छ । यहाँ लोभ लालच बढ्नु भनेकै धर्म नमान्नेहरूको जमात बढ्नुलाई लिन सकिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !