उद्योग बन्दछन्, मन्त्रालय थपिँदैछन् । कोरोना भाइरसले अर्थतन्त्र डामाडोल बनाएको अवस्था छ । देशमा विकास गर्न उद्योग खोल्ने कुरामा कुनै पनि पार्टीको एजेण्डा छैन । कर बढाएर देशले भार कहिलेसम्म धान्न सक्छ ।
सहयोग दिने दात्तृ राष्ट्रहरू स्वार्थपूर्तिका लागि सहयोगको ओइरो पठाएर स्वार्थपूर्ति गर्न तल्लीन देखिन्छन् । यो पाराले देशको स्तरमा सुधार शुन्यमा झर्ने निश्चित छ । सहयोग गर्नेहरू नेपालमा कुनै पनि वस्तुको उत्पादनमा रोक लगाउन तल्लीन छन् ।
सहयोग गर्नेहरू आफ्नो सामान बेच्ने काममा दिनरात जुटिरहेका देखिन्छन् । नेपालीले उत्पादन गरेका बस्तुको कुनै अर्थ देखिदैन । आलुदेखि सियोसम्म छिमेकीले बेच्दै आएका छन् । देशले डलर भित्राउनुको सट्टा बाहिर पठाउदै ठिक्क छ ।
हिजो नेपाली कामदारको अभावमा विदेशी कामदारलाई ल्याएर काम गराउथे तर अहिले नेपाली युवा सवै विदेशीने दर बढ्दैछ । नेपालका उद्योग सवै बेचिदै छन् । जग्गा व्यक्तिको नाममा हस्तान्तरण गर्दैछन् । विकास सुन्यमा झरेको देखिदैछ । समय छदै यस्ता विषयमा गहन अध्यन थाल्नुपर्ने देखिन्छ ।
गणतन्त्र आएसँगै देशको समृद्धि र विकासले फड्को मार्ने नेपाली मात्रको चाहना अझै अधुरो देखिएको छ । गणतन्त्र स्थापनाको एक दशकसम्म पनि देश रुमल्लिएको वास्तविकताले जनतालाई पिरोलेको छ । देशमा राजतन्त्र हटेको ११ वर्ष भयो । आशा गरेजस्तो उपलब्धि अझै हासिल हुन सकेको छैन ।
नेतृत्वमा स्वार्थले जरा गाडेको छ । राजा गए तर राजा बन्ने नेतृत्वको चाहना सफल देखिएतापनि देशले विकासमा फड्को मार्न सकेन । सवै कमाउने भए देशको विकास कस्ले गर्ने । सिमित आम्दानीले खर्च धान्न धौ धौ भएका बेला मौका यहि हो भन्ने सोच जाग्नु स्वाभाविक देखिन्छ ।
हिजो राजाले केही विकास गर्न सकेनन् भन्नेहरू नै सरकार हाक्नमा व्यस्त छन् तर बिकास भने शुन्यमा देखिएको छ । नागरिक लोकतान्त्रिक शाशन व्यवस्था भन्दा हिजोको ब्यबस्था नै ठिक थियो भन्न थालेर त्यसको बारेमा चर्चा परिचर्चा सुन्न थालिएको छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।