‘सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा
काठमाडौँ, ६ चैत । सन्राइज बैंक लिमिटेडले विदेशमा बस्ने गैरआवासीय नेपालीलाई केन्द्रित गरी ‘सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा ल्याएको छ । यस खाताअनुसार गैरआवासीय नेपालीले विदेशमा कमाएको पैसा सन्राइज बैंकमा एफसिवाइ फिक्स्ड डिपोजिट खाता खोल्न सक्ने बैंकले जनाएको छ ।