ज्येष्ठ नागरिकले पाएनन् भाडामा छुट र आरक्षण सिट
सञ्चिता घिमिरे, काठमाडौँ, २ भदौ । ज्येष्ठ नागरिकको परिचयपत्र देखाउँदा पनि लोकहन्थलीबाट बानेश्वरसम्म जाँदा सार्वजनिक बसले महाप्रसाद पराजुलीसँग रु १० भाडा माग्ने गरेका छन् । काठमाडौँ उपत्यकामा न्यूनतम भाडा रु १४ हो । ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा ५० प्रतिशत