महालेखापरीक्षकको प्रतिवेदन कार्यान्वयन गर्न राष्ट्रपतिको आग्रह
१५ असार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखापरीक्षकको प्रतिवेदनका सुझावलाई कार्यान्वयनमा उतार्न सरकारलाई आग्रह गर्नुभएको छ । महालेखापरीक्षकको कार्यालयको हीरक जयन्तीका अवसरमा आज यहाँ आयोजित विशेष समारोहको उद्घाटन गर्दै उहाँले महालेखापरीक्षकको प्रतिवेदनमाथि पछिल्लो समय सरोकारवालाको चासो र जिज्ञासा वृद्धि हुँदै