राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रको अवलोकन
२२ मङ्सिर, रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुद्धजन्मस्थलमा निर्माणाधीन अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र तथा ध्यान हलको अवलोकन गर्नुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १४औँ स्थापना दिवसका अवसरमा लुम्बिनीमा भएको विशेष समारोहमा सरिक हुन आउनुभएका राष्ट्रपति भण्डारीले कार्यक्रमपश्चात् निर्माणाधीन अन्तर्राष्ट्रिय