संविधान र जनमतको अपमान भएको अध्यक्ष नेपालको जिकिर
बाँके । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट संविधान र जनमतको अपमान भएको विचार व्यक्त गर्नुभएको छ । बर्दियाको गुलरियामा आज आयोजित बृहत् अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी भएको आरोप लगाउनुभयो