६ फागुन, गलेश्वर । सातवटा हिमाल र ३० भन्दा बढी गाउँ आँखै अगाडि देख्नसकिने पर्यटकीय सम्भावनाले युक्त ज्यामरुककोट पर्यटकको पर्खाइमा रहेको छ । म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित ज्यामरुककोटको कोटडाँडोबाट सात वटा हिमशृङ्खलाका साथै दर्जनौँ गाउँ, वनजङ्गल र नदीहरूको नागबेली