महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला
काठमाडौँ । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्याउने रोशनी शाही मृत फेला परेकी छन् । उनी आज आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया शाही मृत अवस्थामा फेला परेकी हुन् ।