काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा सम्पदा संरक्षणमा जोड
काठमाडौँ । विगतको वर्षमा जस्तै यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा सम्पदा संरक्षण गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । कामपाले बिहीबार आगामी आव २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।