काठमाडौँ उपत्यकामा कोरोना संक्रमण फैलिँदै, जोखिम बढ्दै
काठमाडौँ, १९ असार । केहीदिन अघि काठमाडौँकी एक गर्भवती महिला शल्यक्रिया गर्न अस्पतालमा जानुभयो । घरबाट कहीँकतै नगएकी उहाँमा कोरोना सङ्क्रमण देखियो । परिवार बाहेक कसैको सम्पर्कमा नगएका व्यक्तिमा कोरोना पोजेटिभ देखिनुले उपत्यकाको समुदायमा पनि सङ्क्रमण पुगेको पुष्टी हुन्छ ।