वालिङ, २६ वैशाख । दुई दशक खाडीमुलुकमा रोजगारी गरी स्वदेश फर्कनुभएका स्याङ्जा चापाकोट–९ सुन्तलीटारका रामु बस्यालले व्यावसायिक रुपमा केराखेती गर्नुभएको छ । झण्डै तीन वर्षअघि विदेशबाट फर्कनुभएका उहाँले साढे दुई वर्षअघिदेखि ‘मैदाने बहुउद्देश्यीय कृषि फार्म’मार्फत व्यावसायिकरुपमा केराखेती थाल्नुभएको हो ।