प्रतिनिधिसभाको बैठक जारी, सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज जारी रहेको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा प्रतिनिधिसभाको जारी बैठकमा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भई रहेको हो । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेको छ ।