६ जेष्ठ २०८१, आइतबार

प्रतिनिधिसभाको बैठक जारी, सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल


“बजेट सन्तुलित छ, तर कार्यान्वयन चुनौतीपूर्ण”

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज जारी रहेको छ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा प्रतिनिधिसभाको जारी बैठकमा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भई रहेको हो ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेको छ । आज एमालेका सांसद एवं संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धि लगायत जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेका हुन् ।

यसैगरी अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूचीमा रहेको छ । अर्थमन्त्री शर्माले संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल एवं प्रमुख प्रतिपक्षी दलका सांसदहरुले बजेटमाथि आ-आफ्नो धारणा राखेका थिए । मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु