फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गर्न नारायणकाजीको प्रस्ताव
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताएका छन् । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा उनले यस्तो बताएका हुन् । श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी आफूलाई दिन माग गरेका छन्।