काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका प्रदेश अध्यक्षहरूलाई केन्द्रीय सदस्य सरहको मान्यता दिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)–१० मा प्रदेश अध्यक्षहरुलाई पदेन केन्द्रीय सदस्य सरहको मान्यता दिने उल्लेख गरिएको छ ।