काठमाडौँ । एकपटक एकजना भिखारी होटलमा खान पुग्छन् । होटलको बेन्चमा भिखारी देखेर बेटरले बाहिर जाने इसारा गर्छन् तर उनले क्षमा माग्दै आफु केहि दिनदेखि खाना नखाएको भन्दै खान दिनुस् भन्ने आग्रह गरेका हुन्छन् ।
त्यतिकैमा केहि हल्ला जस्तो लागेर होटलका मालिक बाहिर आएर हेर्छन् । बाहिर भिखारीलाई निकाल्दै गरेको देखेर सोध्छन् । भिखारीले खाना माग्दै गरेकाले उसंग पैसा नभएकाले खान दिन असमर्थ भएको जिकिर वेटरले गरेको थाहा पाएपछि उनलाई खान दिन आग्रह गरेर भित्र पस्छन् ।
उनलाई पुरानो कुरा याद आउछ । एकपटक उनी नोकरीको तलासमा भड्किएका हुन्छन् । पैसा नहुनाले एउटा रेष्टुरेन्टमा गएर खान माग्छन् तर त्यहाँ उनलाई खान दिदैनन् । गरिब हुनुपनि दु:खद हो । बाटोमा हिड्दै गरेको एकजना महिलाले उनलाई देखेर होटलमा लगेर खान दिन्छन् ।
ती महिला पत्रकार हुन्छिन्, उनले ती भिखारी राम्रो पढेलेखेका जस्तो लागेर भिखारी हुनुको पछाडिको कहानी लेख्न आग्रह गर्छिन् । भिखारी हुनुपूर्व उनी एउटा होटेलको मालिक हुन्छन् ।
एकदिन भिखारीलाई खान दिएको कारण उनका पार्टनरले होटलबाट निकालेको कहानी लेख्छन् । त्यो कहानी सर्वश्रेष्ट हुन्छ । उनले लेखेको लेखबाट ५० हजार डलर पाउछन् ।
त्यही पैसाले पुन: होटल खोलेर खान नखाएका दु:खी गरिबको सेवाको साथै व्यापार गर्न थाल्छन्, उनको होटल चम्कदै जान्छ । यसले गर्दा पार्टनरको धन्दा चौपट हुन्छ । समय परिवर्तन हुन बेर लाग्दैन । दु:खीको आशिर्वाद उनलाई लागेको हुन्छ ।
हामी आफ्नो स्वार्थमा बाचिरहेका हुन्छौं । स्वार्थका लागि हामी अरूको समस्या पनि बुझ्न चाहेका हुदैनौ । गरिबको बेदना सुन्नुपर्छ उसलाई एक छाक खान दिदैमा सम्पत्ति घट्ने होइन, बरु बढ्दै जान सक्छ ।