१३ बैशाख २०८१, बिहिबार

काठमाडौंमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने


Wrestling

चैत्र १२, २०७२- नेपाल रिङ रेस्लिङ संघले वैशाख ४ गते अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिता थापाले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन् । ‘मनोरञ्जनका लागि रेस्लिङ खेल भएका छन्,’ उनले भनिन्, ‘प्रतियोगिताकोरुपमा पहिलोपटक आयोजना गरेका छौं ।’

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा हुने ‘अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता’मा १३ देशका २१ जना व्यावसायिक रेस्लिङ खेलाडीको सहभागिता हुनेछ । हङकङका बिटम्यान, अमेरिकाका बुफा, ताइवानका दीतानी, चीनका चेन जियाङ, न्युजिल्यान्डका जेम्स राइदीम, जापानकाका मिकाजे, बेलायतका सिनगुइनेस र सिंगापुरका दी युरासियन ड्रागनले सहभागिता पक्कागरिसकेका महासचिव सुवर्ण श्रेष्ठले बताइन् ।

प्रतियोगितामा जापानी महिला रेस्लरद्वय नानाई ताकाहाशी र सारीले सहभागिता जनाउने पक्का गरिसकेका छन् । प्रतियोगितामा डेढ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !