१८ बैशाख २०८१, मंगलबार

पुरुष भलिबलमा नेपाल भारतसँग पराजित


१३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष भलिबलमा भारतसँग नेपाल ३-० को सोझो सेटमा पराजित भएसँगै प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ ।

शुक्रबार भएको आफ्नो दोस्रो खेलमा भारतसँग नेपाल पराजित भएको हो । त्रिपुरेश्वरस्थित राखेपका कभर्डहलमा भएको खेलमा भारतसँग नेपाल २५-१५, २५-१३, २५-१६ ले पराजित भएको हो । पहिलो खेलमा नेपाल, बंगलादेशसँग ३-२ कै सेटमा पराजित भएको थियो । समूह एबाट भारत र बंगलादेश सेमिफाइनलमा पुगेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !