८ माघ २०८१, मंगलबार

विश्वकप क्रिकेटको फाइनल आज, इंग्ल्याण्ड र न्युजील्यान्डवीच प्रतिस्पर्धा


एजेन्सी, असार २९ । एकदिवसीय विश्वकपको उपाधिको लागि बेलायतकाे लड्स मैदानमा आइतबार अपरान्ह सवा तीन बजे हुने खेलमा आयोजक इंग्ल्याण्ड र न्युजील्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।

साविक विजेता अस्ट्रेलियालाई पराजित गर्दै इङ्ल्यान्ड फाइनलमा पुगेको हो भने न्युजील्यान्डले भारतलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

यसपटकको विश्वकपको विजेता टिमले ४ मिलियन अमेरिकी डलर अर्थात ४३ करोड ८१ लाख २० हजार पुरस्कार पाउनेछ । जुन हालसम्मकै क्रिकेट विश्वकपमा दिईएको मध्ये सर्वाधिक रकम हो ।

यस अघि सन् २०१५ को एकदिवसीय विश्वकप विजेता अस्ट्रेलियाले ३.९७५ मिलियन डलर पुरस्कार पाएको थियो । यो पटक उप–विजेता टिमले २ मिलियन अमेरिकी अर्थात २१ करोड ९० लाख ६० हजार रुपैयाँ पाउनेछ डलर पुरस्कार पाउनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !