४ आश्विन २०८१, शुक्रबार

प्रधानमन्त्री कप : प्रदेश नं २ लाई ९४ रनको लक्ष्य


क्रिकेट

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश नं २ लाई जितका लागि ९४ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा कर्णाली प्रदेश ३० दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ९३ रनमा समेटियो । कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ३७ रनको योगदान दिँदा रवीन्द्र शाहीले १४ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यमानले दोहोरो अङ्क जोड्न सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्नेक्रममा प्रदेश नं २ का कुमार थापाले व्यक्तिगत तीन विकेट लिए भने राशिद खान, हरि शङ्कर शाह र सम्सद शेखले समान दुई÷दुई विकेट लिए । यसअघि दुई खेल खेलेको कर्णाली प्रदेशले दुवै खेल गुमाएको छ ।

अघिल्लो चरण प्रवेशका लागि पनि कर्णाली प्रदेशको जित्नै पर्ने दबाब छ । कर्णाली यसअघि त्रिभुवन आर्मी क्लब र पुलिस क्लबसँग पराजित भएको थियो । त्यस्तै प्रदेश नं २ पनि पहिलो जितको खोजीमा छ । यसअघि एक खेल खेलेको प्रदेश नं २ आर्मीसँग पराजित भएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !