४ आश्विन २०८१, शुक्रबार

केपिएल : मध्यपश्चिम विजयी


cricket

१५ वैशाख, सुर्खेत । वीरेन्द्रनगरमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल) मा मध्यपश्चिम क्रिकेट क्लबले पहिलो जीत दर्ता गरेको छ ।

कालिञ्चोक मैदानमा आज बिहान सम्पन्न खेलमा झापाको लालीगुराँस क्रिकेट एकेडेमीलाई सात विकेटले हराउँदै मध्यपश्चिम खाता खोल्न सफल भएको हो । टस जितेर ब्याटिङ गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।

११२ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लबले तीन विकेट गुमाएर १६.१ ओभरमा पूरा ग¥यो । मध्यपश्चिमको जीतमा बलिङमा आकाश विष्ट र अजय साहनीले तीन÷तीन विकेट लिनुभयो । ब्याटिङमा शैलेन्द्र यादवले अविजित ५३ तथा विशाल गुप्ताले अविजित ४५ रन बनाउनुभयो ।

शैलेन्द्रले ३५ बलमा ९ चौका र १ छक्का तथा विशालले ४३ बलमा पाँच चौका प्रहार गर्नुभयो । यसअघि लालीगुराँसको लागि ब्याटिङमा प्रकाश पटेलले सर्वाधिक ३० तथा धनुश थापाले १८ रन बनाउनुभयो । यो सँगै लालीगुराँस क्रिकेट एकेडेमी लगातार तीन खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यही १२ गतेदेखि जारी प्रतियोगितामा कर्णाली २ खेलमा ४ अङ्कका साथ शीर्ष स्थानमा छ भने त्रिभुवन आर्मी एपिएफ र बुटबलले एक÷एक खेलमा जित हासिल गरेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !