६ जेष्ठ २०८१, आइतबार

दिल्लीले आज चेन्नईविरुद्ध खेल्दै, लामिछाने प्लेइङ ११ मा पर्लान् त ?


sandip lamichhane

१२ चैत्र, काठमाडौं । औँ संस्करणको आइपिएल टी–२० क्रिकेट अन्तर्गत सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटलले आज बेलुकी आफ्नो दोस्रो खेल खेल्दै छ ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्लामा हुने खेलमा दुबै टिम जित्ने दाउमा छ । पहिलो खेलमा चेन्नाइले बैँगलोर र दिल्लीले मुम्बइलाई पराजित गरेको थियो ।

दुवै टोली एकअर्कालाई पराजित गर्दै दोस्रो चरणको यात्रा बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रिदै छ । खेल दिल्लीकै घरेलु मैदानमा नेपाली समय अनुसार राती ८:१५ बजे सुरु हुदैछ । त्यसो त आफ्नै घरेलु मैदानमा खेल हुने हुदाँ दिल्लीलाई दोस्रो जित्नै पर्ने दबाब छ ।

सन्दिप लामिछानेविना नै पहिलो खेलमा मुम्बइ इन्डियन्सलाई दिल्लीले ३७ रनले पराजित गरेको थियो । उक्त खेलमा नेपाली खेलाडी सन्दिप लामिछानेले प्लेइङ ११ मा स्थान बनाउन सकेका थिएनन् भने दोस्रो खेलमा सन्दीपले प्लेइङ ११ मा स्थान बनाउन सक्लान् त ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !