१२ आश्विन २०८१, शनिबार

बिग बासमा आज सन्दीपको चौथो खेल


सन्दीप लामिछाने

१७ पुस, काठमाडौँ । अष्ट्रेलियामा जारी बिग बास क्रिकेटमा नेपाली युवा बलर सन्दीप लामिछाने सहभागी मेलवर्न स्टार्स क्लबले आज मेलवर्न रेनगार्डससँग प्रतिस्पर्धा गर्दैछ । मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले यसअघिका तीनै खेलमा विकेट लिँदै जारी लिगको सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा आफूलाई दर्ता गराइसकेका छन् ।

लगातार तीन खेलमा सहभागिता जनाएका सन्दीपले अहिलेसम्म सात विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेका हुन् । सन्दीपले उत्कृष्ट प्रदर्शन गरे पनि मेलवर्न स्टार्सले तीनमध्ये एउटा खेल मात्रै जितेको छ ।

मेलवर्न स्टार्स आजको खेलमा विजयी भए उत्कृष्ट चारमा पुग्ने सम्भावना बलियो बन्ने छ । मेलवर्न स्टार्स दुई अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । यसअघि सन्दीले सिड्नी सिक्सविरुद्ध दुई विकेट, सिड्नी थण्डरविरुद्ध दुई तथा होबार्ट हुरिकेन विरुद्ध तीन विकेट लिइएका थिए ।

यसैबीच शैक्षिक परामर्श तथा आप्रवासनसम्बन्धी संस्था एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको आयोजनामा अष्ट्रेलियामा भइरहेको क्रिकेट मेलामा सहभागी भएका नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कालाई आजको खेल हेर्न सन्दीपले निम्तो दिएका छन् ।

कप्तान खड्कासहित दीपेन्द्रसिंह ऐरी, यू–१९ राष्ट्रिय क्रिकेट टिमका पूर्वसदस्य सुवास प्रधान, यशवन्त सुवेदी र सुनाम गौतम पनि सन्दीपको खेल हेर्न जाने कप्तान खड्काले ट्वीरटमार्फत जानकारी दिएका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !