५ जेष्ठ २०८१, शनिबार

जर्मनीलाई हराउँदै ब्राजिलले जित्यो ओलम्पिकमा स्वर्ण, पेनाल्टीमा नेइमारको निर्णायक गोल


olampic football

५ भदौं – ओलम्पिकको फुटबलतर्फ ब्राजिलले ऐतिहासिक स्वर्णपदक जितेको छ । पाँच पटकसम्म विश्वकपको उपाधि जितेपनि ब्राजिलले ओलम्पिकमा भने हालसम्म पदक जित्न सकेको थिएन ।

तर, आइतबार बिहान सम्पन्न खेलमा बार्सिलोनाका स्ट्राइकर नेइमारको कम्तानीमा मैदानमा उत्रिएको घरेलु टोली ब्राजिलले विश्व विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक फुटबलमा ओलम्किको स्वर्ण जितेको हो ।

ऐतिहासिक मराकाना रंगशालामा भएको खेललको पहिलो हाफमा ब्राजिलका लागि नेइमारले ३६ औ मिनेटमा गोल गरे भने दोस्रो हाफमा जर्मनीले बराबरी गोल फर्कायो । त्यसपछि निर्धारित र अतिरिक्त ३० मिनेटको समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि गोल पेनाल्टी सुटआउटमा पुगेको थियो जसमा ब्राजिल ५–४ ले बिजयी बन्दा नेइमार नायक बने । पहिलो हाफमा गोल गरेका नेइमारले पेनाल्टीमा पनि निर्णायक गोल गर्दै पदक दिलाएका हुन् ।

रतियोगितामा ब्राजिलले पदक मात्रै जितेन, अघिल्लो विश्वकपमा जर्मनीसँग ७–१ को पराजयको बदला पनि लियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !