१२ असार २०८१, बुधबार

मनाङद्वारा पुलिस पराजित


फुटबल

८ पुस, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले विभागीय टोली पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दशौँ जित दर्ता गराएको हो ।

मनाङको जितमा विदेशी खेलाडी आडेलाजा सोमिडेले गोल गरे । उनले खेलको ५३औँ मिनेटमा हेमन गुरुङको पासलाई सदुपयोग गर्दै निर्णायक गोल गरे । खेलमा मनाङका कप्तान विराज महर्जन ‘म्यान अफ दि म्याच’ घोषित भए । जितसँगै मनाङले १० खेलबाट अपराजित रहँदै ३० अङ्क जोडेको छ । पराजित पुलिस १५ अङ्कसहित लिगको पाँचौ स्थानमा छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !