१३ बैशाख २०८१, बिहिबार

१५ वर्षीया चिनिया खेलाडी रेन कियानले जितिन् स्वर्ण


chinese 15 years player

चिनिया १५ वर्षीया खेलाडी रेन कियानले रियो ओलम्पिक अन्तर्गत १० मिटर दूरीको प्ल्याटफम डाइभिङमा स्वर्ण पदक जितेकी छिन् । यो सँगै बेलायतकी २७ वर्षीया टोनी कोचको स्वर्ण जित्ने सपनामा पनि पूर्ण विराम लागेको छ । उनले स्वर्ण पदको लागि आफु उपयुक्त भएको दाबी गर्दै आएकी थिइन् । तर उनले खाली हात घर फर्किन् ।

रेनले तेस्रो पटकको पाँचौ पालीमा अग्रता लिएकी थिइन् । प्रतियोगितामा चीनकै सि याजिङले रजत तथा क्यानडाका मेगान मेनिटोले कास्य पदक जितेका छन् । कोचको यो तेस्रो प्रतिष्पर्धा हो । उनले विविसीसँग कुरा गर्दै भनेकी छिन् ‘पछिल्लो समय मसँग उत्कृष्ट डाइभिङ भएन, यो मेरा लागि तीतो अनुभव हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !