१२ बैशाख २०८१, बुधबार

पोर्चुगल युरोपक २०१६ को सेमिफाइनलमा


c ronaldo

१७ असार, २०७३:- युरोपक २०१६, गतराति भएको खेलमा पोल्याण्डलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै पोर्चुगल युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगल सेमिफाइनलमा पुगेको यो चौथो पटक हो ।

निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।यसअघि निर्धारित समयको खेलमा पोल्याण्डले दोस्रो मिनेटमा नै रोबर्ट लेभान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । तर, ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेसले बराबरी गोल गरे ।

त्यसपछि खेलमा निर्धारित समय र अतिरिक्त समयमा दुवै टिमबाट कुनै पनि गोल हुन सकेन र खेल टाइब्रेकरतर्फ मोडियो, टाइब्रेकरमा ५-३ ले पराजित गर्दै पोर्चुगलले युरोकप २०१६ को सेमिफाइनलको यात्रा तय गर्यो।

पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टी रोके भने रिकार्डो करिज्माले विजयी पेनाल्टी गोल गरे ।
सेमिफाइनलमा पुग्ने क्रममा पोर्चुगलले एउटा खेल पनि निर्धारित समयमा जितेको छैन । समूह चरणको तीन वटै खेलमा बराबरी खेलेको पोर्चुगल तेस्रो स्थानमा रहेको उत्कृष्ट चारमा पर्दै नकआउट चरणमा पुगेको थियो । प्रिक्वार्टरफाइनलमा उसले क्रोएसियालाई अतिरिक्त समयमा गोल गर्दै हरनएको थियो।

अब फाइनल प्रवेशका लागि पोर्चुगलले बेल्वियम र वेल्सको खेलको विजेतासँग खेल्नु पर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !