७ पुस २०८१, आइतबार

एनपिएल : दीपेन्द्रसिंह ऐरीले जिते कार


दीपेन्द्रसिंह ऐरीले जिते कार

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडी हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार जितेका छन् ।

उनले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ६२ लाख रुपैयाँ मुल्य बराबरको ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् ।

दीपेन्द्रले कप्तानीदेखि ब्याटिङ, बलिङ र फिल्डिङ तीन क्षेत्रमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए । दीपेन्द्रले एनपीएलमा ९ खेल खेल्दा १ अर्धशतक सहित २२७ रन बनाए ।

उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई फाइनलसम्म पुर्याउन सफल दीपेन्द्रले प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !