७ पुस २०८१, आइतबार

सुदूरपश्चिमलाई हराउँदै जनकपुरले जित्यो एनपिएलको उपाधि


सुदूरपश्चिमलाई हराउँदै जनकपुरले जित्यो एनपिएलको उपाधि

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको उपाधि जितेको छ ।

जनकपुरको जितका लागि ओपनर लाहिरु मिलन्थाको आक्रमक अर्धशतकमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै एनपिएल प्रतियोगिताको उपाधि हात पारेको हो ।

सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले एनपिएलको उपाधि जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमले दिएको १८५ रनको विशाल लक्ष्य पछ्याएको जनकपुर १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

सुदूरपश्चिमका लागि लाहिरु मिलन्थाले सर्वाधिक ८७ रन जोडे । उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए । आसिफ शेखले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे ।

मोहम्मद मोहसिन ८ बलमा ९ रन बनाउँदै इशान पाण्डेको बलमा बोल्ड भए । जेम्स निशम ४ जोडे । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुग्गेलेइन, सेफ अलि जेब र इशान पाण्डेले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रनको योगफल बनाएको थियो ।

सुदूरपश्चिमका लागि सेफ अलि जेबले सर्वाधिक ६९ रन जोडे । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे । जैबले अर्का ओपनर विनोद भण्डारीसँग मिलेर ७२ बलमा ११७ रनको महत्वपुर्ण साझेदारी गरे ।

विनोद ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन जोडे । यस्तै हर्मित सिंह ८ बलमा १ छक्काको सहयोगमा १४ रन बनाए । ब्रेण्डन मक्मुलन १२ बलमा १ छक्काको सहयोगमा १४ रन बनाए ।

कप्तान दीपेन्द्रसिंह ऐरी ९, आरिफ शेख १ तथा स्कट कुग्गेलेइन ८ रनमा आउट भए । जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३, ललितनारायण राजवंशी र जेम्स निशमले समान १ विकेट लिए ।

च्याम्पियन जनकपुरले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो भएको सुदूरपश्चिमले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !