२७ मंसिर २०८१, बिहीबार

एनपिएल : विराटनगरले पोखरालाई १४० रनको लक्ष्य दियो


विराटनगरले पोखरालाई १४० रनको लक्ष्य दियो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई जितको लागि एक सय ४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३९ रनको योगफल बनाएको हो ।

विराटनगरका लागि स्कट एडवार्डसले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बलमा ५ चौका प्रहार गरेका थिए । त्यसैगरी लोकेस बमले २६ रन बनाउँदा बासिर अहमदले २१ रन जोडे । निकोलस किर्तनले १९ रन, क्रिस सोलले ७ तथा मार्टिन गप्टिल ५ रन बनाए ।

पोखराका लागि सागर ढकाल र राइमन रिफरले समान दुई दुई विकेट लिए भने कप्तान कुशल भुर्तेल र दिनेश खरेलले समान एक एक विकेट झारे । पोखरा अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !