२७ मंसिर २०८१, बिहीबार

एनपिएल : लुम्बिनीविरुद्ध काठमाडौं १०३ रनमा अलआउट


लुम्बिनीविरुद्ध काठमाडौं १०३ रनमा अलआउट

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गुर्खाज १०३ रनमा अलआउट भएको छ ।

लुम्बिनी सामू काठमाडौंकाे सस्तैमा समेटिएको हो । लुम्बिनीविरुद्ध काठमाडौंले दिएको १०४ रनको झिनो लक्ष्यमा काठमाडौं १९.२ ओभरमा १०३ रनमा अल आउट भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौँले १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय तीन रन बनाएको थियो ।

काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । भीमले ४० बलमा एक चौका प्रहार गरेका थिए । त्यस्तै, ड्यान ड्वाथवेटले २१ रन बनाएर आउट भए । प्रतीक श्रेष्ठले २० रन बनाउँदा स्टेफन स्केनाजी १३ रनमा आउट भए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ लुम्बिनीका लागि साद विन जाफरले तीन विकेट लिए भने अभिषेक गौतम र रेमन सिमण्डसले समान दुई–दुई विकेट लिए । त्यस्तै, सूर्य तामाङ र विवेक यादवले समान एक–एक विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !