८ पुस २०८१, सोमबार

एनपिएल : चितवनलाई हराउँदै कर्णालीको पहिलो जित


चितवनलाई हराउँदै कर्णालीको पहिलो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको छ । कर्णाली याक्सले एनपीएलमा पहिलो जित हात पारेको हो ।

शिखर धवनको ४५ रन मद्दतमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो । धवनले ४५ रन बनाएपछि कर्णालीले १३१ रनको लक्ष्य १९‍.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

धवन जान निकोल लफ्टी इटनको बलमाकट एण्ड बोल्ड भए । चाल्डिक वाल्टन रवि बोपाराको बलमा एलबिडब्लु भए । उनले १९ बलमा ३ छक्काको सहयोगमा ३० रन जोडे । अर्का ओपनर देव खनालले ३४ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए । देव कुशल मल्लको बलमा एलबिडब्लु आउट भए ।

अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक रहेकोमा कर्णालीका अर्जुन घर्तीले ६ तथा जिशान मक्सुदले ४ रन प्रहार गरेर कर्णालीलाई पहिलो जित दिलाए । चितवनका लागि रवि बोपारा, कुशल मल्ल र जान निकोल लफ्टी इटनले समान १ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३० रन बनाएको थियो ।

चितवनका लागि रवि बोपारा अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ४० बलमा एक छक्का र सात चौकाको मद्दतले ५९ रन बनाए । कप्तान कुशल मल्लले २३, विपीन रावलले ११, जान निकोल लोफ्टी इटन र अमर रौतेलाले समान नौ÷नौ र दीपक बोहोराले आठ रनको योगदान दिए ।

शरद भेषावकरले अविजित रहँदै छ रन जोडे भने सोहेल तनवीर शून्य रनमा आउट हुन पुगे । चितवनले अतिरिक्त पाँच रन प्राप्त ग¥यो । कर्णाली याक्सका लागि विपीन शर्माले सर्वाधिक तीन विकेट लिए । कर्णालीका जिशान मकसूदले दुई, नन्दन यादव र कप्तान सोमपाल कामीले एक÷एक विकेट हात पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !