१७ मंसिर २०८१, सोमबार

एनपिएल : कर्णालीद्वारा जनकपुरसामु १४२ रनको लक्ष्य


एनपिएल : कर्णालीद्वारा जनकपुरसामु १४२ रनको लक्ष्य

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु जितका लागि एक सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको हो ।

कर्णालीका लागि गुलसन झाले सर्वाधिक ३६ रन जोडे । उनले उनले २७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । अर्जुन घर्ती २३ बलमा ३३ बनाउँदै रन आउट भए ।

सातौं विकेटका लागि अर्जुन र सोमपाल कामीले ५६ रनको साझेदारी गरे । सोमपालले १३ बलमा ३ चौका र १ छक्काको सहयोगमा २९ रन बनाउँदै नट आउट रहे ।

ओपनर शिखर धवनले १४ बलमा ३ चौकाको सहयोगमा १४ रन जोडे । धवन पाँचौ ओभरको दोस्रो बलमा धवन हर्ष थाकरको बलमा बोल्ड आउट भए ।

कर्णालीको पहिलो विकेटका रुपमा देव खनाल आउट भएका थिए । देव दोस्रो ओभरको दोस्रो बलमा ललितनारायण राजवंशीको बलमा बोल्ड आउट भए । देवले ५ बलमा १ रन मात्र जोडे । चाल्डिक वाल्टनले १२ बलमा १ चौकाको सहयोगमा ८ रन बनाए । वाल्टनलाई मोहम्मद मोहसिनले एलबिडब्लु धरापमा पारे ।

चौथो विकेटका रुपमा जिशान मक्सुद रनको खाता नखोल्दै जेम्स निशमको बलमा एलबिडब्लु धरापमा परे । बाबर हायतले २४ बलमा १२ रन बनाए ।

पाँचौ विकेटका रुपमा आउट भएका बाबर मोहम्मद मोहसिनको बलमा जिम्मि निशमबाट क्याच आउट भए । जनकपुरका लागि मोहम्मद मोहसिनले २ तथा किशोर महतो, हर्ष ठाकर, जिम्मी निशमले समान १ विकेट लिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !