६ असार २०८१, बिहिबार

क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा


सन्दीप लामिछाने खुशीयाली फाइल फोटो

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन फुकुवा गरेको छ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्यानले लामिछानेमाथिको निलम्बन फुकुवा गरेको हो ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्द्रले आज एक प्रेस रिलिज सार्वजनिक गर्दै उच्च अदालत पाटनको आज २०८० जेठ २ गते को फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको फैसला आएको हुँदा लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सवै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी दिएका हुन् ।

आज बुधबार क्यानले लामिछानेको निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरेको हो । लामिछानेलाई उच्च अदालत पाटनले आजै सफाइ दिएको थियो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले किक्रेटर लामिछानेलाई बलात्कारको मुद्दामा केहीबेर अघि सफाइ दिएको उच्च अदालत पाटनले जनाएको छ ।

यस्तो छ हेर्नुहोस् क्यानले निकालेको प्रेस रिलिज

यस्तो छ हेर्नुहोस् क्यानले निकालेको प्रेस रिलिज

यो पनि पढ्नुहोस्

सफाइ पाएपछि सन्दीपले भने – फैसलालाई सम्मान गरेर देशलाई अब अझ माथि पुर्याउँछु

बलात्कार मुद्दामा किक्रेटर सन्दीप लामिछानेले पाए सफाइ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु