८ पुस २०८१, सोमबार

नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो तेस्रो विकेट


कुशल मल्ल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध तेस्रो विकेट गुमाएको छ ।

आज आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले तेस्रो विकेटमा रुपमा कुशल मल्ललाई गुमाएको हो । मल्ल व्यक्तिगत २ रनमा आउट भए । उनलाई नेदरल्यान्ड्सका बलर आर्यन दत्तले एलबीडब्लूको धरापमा पारेका हुन् ।

नेपालले दोस्रो विकेटमा रुपमा अनिल शाह र पहिलो विकेटमा रुपमा आसिफलाई गुमाएको थियो । आसिफ शेख १७ र अनिल शाह ७ रनमा आउट भए ।

जारी खेलको १६.३ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर ७३ रन बनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !