८ पुस २०८१, सोमबार

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी


प्रधानमन्त्री कप क्रिकेट

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको छ ।

सुदूरपश्चिमले जितका लागि दिएको ८८ रनको सामान्य लक्ष्य एपीएफले १४ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । एपीएफका लागि सन्दीप जोराले १८ रन बनाए भने आशिफ सेखले १५, भुवन कार्कीले १४, प्रदीप ऐरीले १२ तथा लोकेश बमले ६ रन जोडे ।

सुदूरपश्चिमका लागि दीपक चन्दले चार र नरेन साउदले तीन विकेट लिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो । सुदूरपश्चिमका लागि नारायण जोशीले २५ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै अविजित ३१ रन बनाए ।

त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका लागि चन्दन रामले पाँच विकेट लिए । त्यसैगरी, भुवन कार्की तीन र कप्तान रोहित पौडेलले दुई विकेट झारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !