१३ आश्विन २०८१, आइतबार

गौशाला २६ को जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश


जिल्ला अदालत काठमाडौं

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता र बसाइसराइको थप अभिलेख झिकाउने आदेश आदेश दिएको छ ।

आज बिहीबार न्यायाधीश शकुन्तला कार्कीको इजलासले गौशाला २६ को जन्मदर्ता प्रमाणपत्र प्रमाणीकरण गर्न आदेश दिएको हो । यसअघि प्रमाणीकरण गरिएको भएपनि इजलासले पुनः गाउँपालिकाबाट प्रमाणीकरण गराउनका लागि आदेश दिएको हो ।

यसअघि सर्वोच्चले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेपनि जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा टुंगो लाग्न सकेको थिएन ।

यसअघि साउन ३२ गते न्यायाधीश राजुकुमार खतिवडाको इजलासले गौशाला २६ की आमाको जन्ममिति फरक परेको भन्दै प्रमाणीकरण गर्न आदेश दिएको थियो । नाबालिगको आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि जन्ममिति प्रमाणिकरण गर्न भनिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !